सल्यान : दोस्रो चरणको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सल्यानका झन्डै एक हजार बालबालिकाले नियमित खोप पाउन सकेका छैनन्। जिल्लामा बर्सेनि झन्डै ५ हजार बालबालिकाले नियमित खोप लगाउने गरेकोमा डेढ वर्षसम्मका ९ सय ९० बालबालिकाले जेठ महिनामा लगाउने नियमित खोप पाउन खोप सकेका छैनन्। कोरोना संक्रमणको डरले स्थानीय तहले खोप अभियान रोकेपछि बालबालिकाले बिसिजी, डिपिटी, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायत खोप पाउन सकेका छैनन्। बागचौर नगरपालिकाका ६ सय ६०, बनगाड कुपिण्डेका