एमाले प्रवेशपछि खनालले भने- ‘केपी ओलीजस्तो राजनेता अर्को भेटिन’

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले विभिन्न भूमिकामा निर्वाह गरेको राष्ट्रप्रतिको सेवा र समर्पणको भावलाई महामन्त्रको रुपमा आत्मासाथ गरेर जीवनको नयाँ पाटोमा प्रवेशको गरेको बताए […]

सम्बन्धित सामग्री

नेम्वाङ सफल राजनेता हुनुहुन्थ्याे : ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका दिवङ्गत अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ । आज बिहीवार पार्टीकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेम्वाङले सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्नुभएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो । नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसद्को गरिमा बढाएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, &lsq...

ओलीमाथि एमाले र कांग्रेस सांसदको जुहारी

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफ्नो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई ‘राजनेता’ भनेपछि राष्ट्रियसभामा मंगलबार जुहारी नै चल्यो । विशेष समयमा बोल्दै उनले सत्तारुढ दलको तिखो आलोचना गर्दै राजनीति ओलीकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए । तर नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले भट्टराईको अभिव्यक्तिको खण्डन गरे र […]

केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए

‘केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन’

काठमाडौं। नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनलाई पराजित गर्न असम्भव भएको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले सडक, सदन र सरकार सबैतिर ओलीकै चर्चा रहेको बताए। मुलुकले एउटा राजनेता जन्माएको र त्यो जनताको पक्षमा काम गर्न चाँडै सरकारमा फर्कने उनको भनाइ थियो।

‘केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैन’

काठमाडौं।नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिँदै उनलाई पराजित गर्न सम्भव नभएको बताएका छन्।राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उनले सडक, सदन र सरकार सबैतिर केपी ओलीकै चर्चा रहेको बताए। मुलुकले एउटा राजनेता जन्माएको र त्यो जनताको पक्षमा काम गर्न चाँडै सरकारमा फर्कने उनको भनाइ थियो। गणतन्त्र र सडक आन्दोलनको नेता ओली नै रहेको उनले बताए।

केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए । भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी […]

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

माधव नेपाल गद्दार होईन, राजनेता हो : रिजाल (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भनेकोमा आपत्ति जनाएका छन् । उनले भने,‘माधव नेपाल लाल गद्दार होईन, उहाँ विल्कुल लाल गद्दार होईन । उहाँ नेकपा एमालेको पूर्व पार्टी प्रमुख हो । प्रमुख नेता हो । माधव नेपाल यो देशको सम्मानित राजनेता […]