केपी ओली ‘भ्रष्टाचारका राजनेता’ हुन्ः सांसद रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली ‘भ्रष्टाचारीको राजनेता’ भएको आरोप लगाएका छन्। मंगलबार राष्ट्रियसभाको विशेष समयमा बोल्ने क्रममा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिएपछि त्यसको प्रतिवाद गर्दै उनले स्वास्थ्य सामग्री खरिद, गोकर्ण रिर्सोटलगायतका अर्बौंको भ्रष्टाचारमा संलग्न भएको व्यक्ति राजनेता हुन नसक्ने बताए। राजनेताको चरित्र नभएका ओलीलाई भ्रष्टाचारी राजनेता भन्नुपर्ने उनले बताए

सम्बन्धित सामग्री

केपी ‌ओली भ्रष्टाचारका महानायक हुन्ः सांसद रायमाझी

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका हुन्। उनले दुई वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए। नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]