ठूलो लक्ष्य राख्दा उल्टो परिणाम: एक महिनामै घट्यो १३ अर्ब २६ करोडको राजस्व

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा गत आर्थिक वर्ष भन्दा ३० प्रतिशत धेरै राजस्व बढाउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा सरकारले जम्मा आठ अर्ब ५९ अर्ब रुपैयाँको राजस्व उठाएको थियो। चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ। गत वर्ष उठेको राजस्वको तुलनामा यो ३० प्रतिशत धेरै हो। चालु आर्थिक ...

सम्बन्धित सामग्री

विराटनगर भन्सारको राजस्व लक्ष्य घट्यो

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व सङ्कलनको लक्ष्य घटाएको छ।

विराटनगर भन्सारको राजस्व लक्ष्य घट्यो

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व सङ्कलनको लक्ष्य घटाएको छ।

भन्सार राजस्व २९ प्रतिशत घट्यो

भन्सार राजस्व संकलनमा कमी आएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा भन्सार राजस्व २९ प्रतिशतले घटेको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा भन्सारबाट ५ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, चालु आर्थिक वर्षको ११ महिनामा भन्सार ३ खर्ब ४४ अर्ब रुपैयाँ मात्र उठेको छ […]

वैदेशिक व्यापार खस्किएपछि घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट आयात (Import) खस्किएपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्व (Revenue) मा देखिएको छ । वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ९ महीनामा वीरगञ्ज भन्सार (Birgunj Custom) को राजस्व असुली लक्ष्यभन्दा ४० प्रतिशत कम छ ।  भन्सारले चालू आवको चैत मसान्तसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो । यो ९ महीने अवधिमा १ खर्ब १५ अर्ब रुपैयाँ मात्रै राजस्व हात लागेको तथ्यांक भन्सारले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । यो रकम लक्ष्यको ६० प्रतिशत हो ।  जबकि, यो भन्सारले गत आवको समीक्षा अवधिमा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व उठाएको थियो । त्यसबेला १ खर्ब ५१ अर्ब रुपैयाँको लक्ष्य लिएकोमा १ खर्ब ५५ अर्ब रुपैया संकलन भएको देखिन्छ ।  यस्तो छ वैदेशिक व्यापार  वीरगञ्ज भन्सारबाट चालू आवको ९ महीनामा कुल वैदेशिक व्यापार गत आवको सोही अवधिको तुलनामा २७ दशमलव ६४ प्रतिशतले घटेको छ ।  यो वर्षको चैत मसान्तसम्ममा ५ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको समीक्षा अवधिमा यो आकार ७ खर्ब ११ अर्ब रुपैयाँ थियो ।  चालू वर्षको चैत मसान्तसम्म आायतमा २१ प्रतिशतले कमी आउँदा निर्यात १३६ प्रतिशत घटेको देखिन्छ । आयात र निर्यात घटेपछि व्यापारघाटा १४ दशमलव ३ प्रतिशतले खुम्चिएको भन्सारको तथ्यांक छ ।

आन्तरिक राजस्व संकलन आधा घट्यो

आर्थिक गतिविधि घटेसँगै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राजस्व संकलन पनि घट्दै गएको छ । अघिल्ला आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य भन्दा झण्डै आधा मात्रै राजवस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा एक अर्ब सात करोड ३४ लाख ९० […]

जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

काठमाडौँ,२७ साउन । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८र७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार […]

विराटनगरमा राजस्व असुली घट्यो, भएन लक्ष्य पुरा

विराटनगर – भन्सार कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८-७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको […]

आयात प्रतिबन्धले घट्यो राजस्व

काठमाडौं, साउन १८ । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको असर भन्सार महसुलमा देखिएको छ । जसको परिणाम गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले लिएको भन्सार राजस्वको लक्ष्य पूरा हुन सकेन । अर्थ मन्त्रालयका अनुसार दुई खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म दुई […]

विराटनगर भन्सारको राजस्व सङ्कलन घट्यो

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विराटनगर नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीसाधनले प्रयोग गर्ने भारतको मीरगञ्जको पुल पुस २३ गते भासिएपछि त्यसयता राजस्व सङ्कलन घटेको छ । सोही कारणले पुस महिनाको राजस्व लक्ष्यको ७६ प्रतिशतमा सीमित भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाले जानकारी दिए । पुसमा राजस्व असुली प्रभावित भएसँगै विराटनगर भन्सार कार्यालयको अर्धवार्षिक अवधिमा ८९ प्रतिशत मात्रै असुली लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको पुस म...

बजेट प्रतिस्थापन विधेयक : राजश्व लक्ष्य बढ्यो, वैदेशिक ऋणको अंश घट्यो

अर्थमन्त्री जनार्दन शर्माले  राजस्व लक्ष्य वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्ब रुपैयाँले बढाएका हुन् । चालु बर्षको बजेट अध्यादेशमार्फत ल्याउँदा निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ लक्ष्य राखेका थिए। शर्माले संशोधनमार्फत राजस्व लक्ष्य १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ पुर्‍याएका छन् । उनले आन्तरिक तथा वैदेशिक ऋणको अंश ३७ अर्ब रुपैयाँले घटाएको बताएका छन्। उनले यसपाली वैदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड...