डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोली हत्या अभियोगमा बिहीवार परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डोटीले आदेश दिएको छ ।
हत्या अभियोगमा मृतक मीनाका श्रीमान्, ससुरासहित परिवारका चार सदस्यलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । गएको फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ल...