आइतबार राति बझाङको साइपालबाट भेटारच्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट १७० च्यांग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा यही व्यापारमा निस्कन्छन् । तीनरचार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौंरपोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए । “बाटो–बाटोमा वनपखेरामा च्यांग्रा चराउँदै आउनुपर्छ,” उनले भने,