काठमाण्डाै – मध्यपुरथिमि नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने गरी अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले पालिकामा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने गरी अभियान सुरु गरिएको जानकारी दिनुभएको हो ।
आज मङ्गलवार काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेकाे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मेयर श्रेष्ठले बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारक...