जुम्ला : मुख्य आर्थिक स्रोतको रूपमा रहेको यार्सागुम्बा संकलनका लागि सर्वसाधारण पाटनतर्फ लागेपछि गाउँघर सुनसान भएका छन्।तातोपानी, गुठीचौर, तिला, पातारासी लगायत ग्रामीण क्षेत्रका बासिन्दा यार्सागुम्बा संकलनका लागि गएपछि गाउँबस्ती सुनसान भएका हुन्। स्थानीय तहको निर्वाचन सकिएलगत्तै युवायुवतीदेखि वृद्धवृद्धासम्म पाटनतिर लागेको पातारासी गाउँपालिका २ तल्फीका वर्ष ५९ का भैरव बोहराले बताए। महिलाहरू साना नानी च्यापेर यार्सा संकलनका लागि गएको उनले बताए।‘१८ वर्ष भन्दा माथि ५० वर्ष मुनिका सबै