बागलुङ : जिल्ला निर्वाचन कार्यालय बागलुङले उम्मेदवारलाई नै मतदान केन्द्रमा कर्मचारीका रुपमा खटाएको छ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङ नगरपालिकाको दुई स्थानमा वडा अध्यक्ष पदका उम्मेदवारलाई कर्मचारीको रुपमा खटाएको हो।बागलुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार रुद्रबहादुर केसी र वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी केसीलाई कर्मचारीका रुपमा खटाएको छ।कर्मचारीका रुपमा खटिएका दुवै जना नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन्।वडा नम्बर ६ का अध्यक्षका