भारतमा कोभिड–१९ का कारण शनिबार एकै दिन ८९३ जनाको ज्यान गएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार नयाँ संक्रमित थपिँदा ८९३ जनाको ज्यान गएको हो। अहिले भारतमा संक्रिय संक्रमितको संख्या १८ लाख ८४ हजार ९३७ रहेको छ। दैनिक संक्रमणदर क्रमशः घट्ने क्रममा १४.५० प्रतिशत पुगेको छ।