कांग्रेसको जिल्ला पार्टी चलाएका नेताहरू वडामै पराजित

काठमाडौं : नेपाली कांग्रेसका केही पूर्व जिल्ला सभापतिलगायतका नेताहरू वडामै पराजित भएका छन्। सिन्धुपाल्चोक र रोल्पामा पूर्व जिल्ला सभापति र नेविसंघका महामन्त्री वडामै पराजित भएका हुन्।मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थापा बाह्रबिसे नगरपालिका–३ मा पराजित भएका हुन्। नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन्।कृष्णप्रसाद सिटौलानिकट तिमिल्सि

सम्बन्धित सामग्री

तीन कारण: जसले प्रदेश सभापतिमा गुरुराज घिमिरे पराजित भए

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समितिको सभापतिमा गुरुराज घिमिरे झिनो मतान्तरले पराजित भए । जितका लागि संस्थापन इतरसँग एक सय भन्दा बढी मत रहे पनि घिमिरेले हार व्यहोर्नु पर्‍यो । एकजना व्यक्तिका पछाडि सरकार लागेका कारण आफूले हार व्यहोरेको घिमिरेले प्रतिक्रिया जनाएका छन् ।  प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै घिमिरेले एउटा व्यक्तिलाई चुनाव हराउन केन्द्रदेखि नेताहरू पठाएर घेराबन्दी गरिएको आरोप लगाए ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ...

कांग्रेस बैठकमा चुनाव पराजयको समीक्षा नै भएन

निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको कुनै समीक्षा नै भएन । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाए पनि उक्त एजेण्डामा बैठक प्रवेश गरेन । कांग्रेस सभापति देउवाले महासमिति बैठक बोलाउने प्रतिवद्धता जनाएपछि असन्तुष्ठहरूको आक्रोश मत्थर भएको थियो । नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू थिए । महामन्त्री सशांक कोइरालानिकट केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेकोे बताए । तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित उनले प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट भएकाले बहिस्कार गरेका हुन् ।

कांग्रेसको ‘रिफर्म’ पहिल्यै गरिसक्नु पर्थ्यो : शेखर कोइराला

प्रतिनिधिसभा चुनावमा देशका धेरै ठाउँमा कांग्रेस उम्मेदवार पराजित भएका छन्। कांग्रेसका प्रभावशाली नेताहरू नै पराजय बेहोरेका छन्। कोइराला खलकका त्यो पनि कांग्रेसको बलियो प्रभाव क्षेत्र मानिएको मोरङ नेता शेखर कोइराला पराजित भए। कांग्रेसको ठूलो पराजयसँगै अब पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्छ भन्ने आवाज कांग्रेसभित्र जोडतोडले उठिरहेको छ। यही पृष्ठभूमिमा कोइरालास‍ँग सेतोपाटीकी शोभा शर्माले गरेको कुराकानीको सम्पादित…