इजरायलमा १२ वर्षसम्म शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताच्युत गर्नका लागि विपक्षी दलहरूबीच गठबन्धन बनेको छ ।
राष्ट्रपति रेउभन रिभलिनले बुधवार मध्यरातसम्मका लागि गठबन्धन सरकारको दाबी प्रस्तुत गर्न दिएको समयसीमा सकिनै लाग्दा विपक्षीहरू गठबन्धनका लागि सहमत भएका हुन् ।
इजरायलको संसद्लाई नेसेट भनिन्छ र त्यसमा कुल १२० सीट छन् । नेतान्याहुको लिकुड पार्टी ३० सीटका साथ सबभन्दा ठूलो दल हो । त्यसपछि येश आतिद पार्टीको १७ सीट छ । यामिनाको सात, मेरेत्जको ६ र राआमको चार सीट छ । यसबाहेक अन्य आठवटा दल छन् ।...