करिबकरिब फुट नजिक पुगेको नेकपाका दुवै पक्षले आफू नै मूल पार्टी भएको दाबीसहित केन्द्रीय समितिले गरेका निर्णय निर्वाचन आयोगलाई जानकारी गराएपछि कुन पक्ष आधिकारिक हो भन्ने प्रश्न उठेको छ । कानुनअनुसार आधिकारिकता पाउने पक्षले नेकपाको स्रोतसाधन, झण्डा, छाप र चुनाव चिह्न प्रयोग गर्न पाउँछ ।