नबिल बैंकले एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित सामाजिक सचेतना अभियान सुरु गरेको छ । परियार एसिड आक्रमणपछि ६ पटकसम्म हत्या प्रयास गरिएकी एक पीडित हुन् ।एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रुपमा नभइ बहादुरी जीवनयापकको बाटोमा छिन् । विगतका पीडाहरुलाई भुल्न सके पनि वसन्ती पीडाहरुविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी छन् ।वसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले अभियान थालेको हो । यो अभियानमार्फत नबिलले मा