काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन्।नेपाल राष्ट्र बैंकले आज (बिहीवार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मंसिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ। शोधनान्तर स्थिति बचतमा देखिएको छ।राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत छ। यस अवधिमा आयात ३ दशमलव ४, निर्यात ६ दशमलव १ र कूल वस्तु व्यापार घाट