राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एक-एक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले दोस्रो …