सुर्खेत : कर्णाली प्रदेश सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा गरिएको छ। बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको समीक्षामा बजेट कार्यान्वयनको गति सुस्त भएको निचोड निकाल्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने औँल्याइएको छ।
विषयगत मन्त्रालयका मन्त्री, सचिव सहितको गोष्ठीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयन निराशाजनक भएको भन्दै तत्काल गति बढाउन निर्देशन दिएका हुन्।…