सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडपको सम्भावना देखिएपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी भएको छ।
बाल उद्यान पार्क तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक उद्घाटन गर्ने कार्यक्रममा प्रमुख अतिथिको विषयलाई लिएर दुई पक्षबीच झडप हुन सक्ने देखिएपछि निषेधाज्ञा जारी गरिएको हो ।
आयोजक कमलामाई नगरपालिकाले एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो । सत्ता गठबन्धनका कार्यकर्ताले त्यसको विरोध गर्दै पार्क घेराउ गरेका थिए ।
त्यसको प्रतिकारका लागि एमाले कार्यकर्ता पनि भेला भएपछि निषेधाज्ञा जारी...