मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने  जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।  जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै

सम्बन्धित सामग्री

मगर दिवसमा रामपुर नगरपालिकामा बिदा

पाल्पा : ४२औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ।यही फागुन १५ गते मगर दिवस हो। मगर समुदायले विविध कार्यक्रम गरी मनाउने गर्छन्। नगरपालिकाले एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो।यस क्षेत्रमा मगर समुदायको बाहुल्य छ। यो यस दिवसलाई उत्सवको रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिइएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।