मगर दिवसमा रामपुर नगरपालिकामा बिदा

पाल्पा : ४२औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ।यही फागुन १५ गते मगर दिवस हो। मगर समुदायले विविध कार्यक्रम गरी मनाउने गर्छन्। नगरपालिकाले एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो।यस क्षेत्रमा मगर समुदायको बाहुल्य छ। यो यस दिवसलाई उत्सवको रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिइएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।