जीर्ण बन्दै खुला कारागारका संरचना

बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन्। नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो। त्यहाँ दुई वर्ष अघि न...

सम्बन्धित सामग्री

रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित  रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन् । स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा संकलन गरी सो मन्दिर निर्माण गरेका थिए ।   मन्दिरको जीर्णोद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष लालबहादुर ऐरले बताए। ‘मन्दिरको गुम्बजमा लगाइएको प्लास्टर खस्न थालेको छ,’ उनले भने […]

जीर्ण बन्दै डोरबहादुर विष्टले बनाएका संरचना

पातारासी गाउँपालिका-५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर विष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो। ‘न कसैले खोजे, न केही खबर पाइयो,’ बुढाले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ।’...

जीर्ण बन्दै डोरबहादुर विष्टले बनाएका संरचना

पातारासी गाउँपालिका-५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर विष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो। ‘न कसैले खोजे, न केही खबर पाइयो,’ बुढाले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ।’...

पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै

ललितपुर– विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ ।   विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पुर्‍याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ । रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन् ।  दिनप्रतिदिन जीर्ण बन्दै […]

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

कर्णाली, ११ जेठ । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन् । प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको भौतिक संरचना विद्यार्थी सङ्ख्या अनुसार भरपर्दो छैनन् भने निर्माण भएको पनि […]

अस्तव्यस्त खेलकुद संरचना (फोटो फिचर)

काठमाण्डाै - नेपालमा खेल क्षेत्र त कमजोर छ नै, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जीर्ण बन्दै गइरहेका छन् । खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवर्द्धन हुन नसक्नु दुःखद् हो । यिनै जीर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्...

भग्नावशेष बन्दै सुदूरका पुरातात्विक दरबार

कैलालीको चुरे गाउँपालिका खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जबराले निर्माण गरेको उक्त ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालीन पुरातात्विक दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवालाले ध्यान दिन सकेका छैनन् । चुरे गाउँपालिका खैरालाका ७५ वर्षीय गणेश ओली …

मुसिकोट दरबार क्षेत्रका भौतिक संरचना जीर्ण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार परिसरमा रहेका संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् ।मुसिकोट डाँडा दरबार परिसरमा रहेका संरचना आवश्यक मर्मत संभार नगरिँदा अवलोकन गर्न जाने पर्यटकको संख्यामा समेत कमी आउन थालेको छ । रुकुम पश्चिमको सबैभन्दा बढी आन्तरिक पर्यटक जाने ठाउँ मुसिकोट दरबार क्षेत्र हो ।तर पछिल्लो समय मुसिकोट डाँडा घुम्न […]

शाहवंशीय राजाको उद्गमथलो लमजुङ दरबार संरक्षणको पर्खाइमा

नेपालमा शाहवंशीय राजाको उद्गम थलोका रुपमा चिनिएको लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो । समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको उक्त दरबारलगायत अन्य पुराना संरचना पनि बेवास्ताको …

संरक्षण अभावमा जीर्ण बन्दै बाल मन्दिर

सल्यान । सल्यानको सदरमुकाम खलंगास्थित टुडिखेल नजिकै रहेको बाल मन्दिर जीर्ण बन्दै गएको छ । सरोकारवाला निकायले यसको संरक्षण एवं मर्मतसम्भारमा ध्यान नदिँदा बाल मन्दिर जीर्ण बन्दै गएको हो । कुनै समय दैनिक रूपमा हुने कार्यक्रमले बाल मन्दिरको हल भरिभराउ हुन्थ्यो । सरकारीदेखि गैरसकारी संघसंस्था, राजनीतिक दल तथा तिनका भातृसंगठनले कार्यक्रमका लागि पालो पर्खिएर बस्नुपर्ने अवस्था थियो । तर पछिल्लो यो समय सुनसानप्रायः छ । बालमन्दिरभित्र सरसफाइ समेत भएको पाइँदैन । नेपाल बाल संगठनले २०२१ सालमा जिल्लामा बाल मन्दिर स्थापना गरेको थियो । विविध कारणले यसको रेखदेख तथा मर्मत सम्भार गर्न नसकिएको नेपाल बाल संगठन सल्यानका अध्यक्ष प्रकाश बस्नेतले बताए । आफूले अध्यक्षको नियुक्ति पाएको झण्डै ६ महीना भइसके पनि बाल मन्दिरका आवश्यक कागजात र त्यसभित्र भएका सरसामानको विवरण आफूलाई हस्तान्तरण नहुँदा समस्या भएको उनको भनाइ छ । ‘बाल मन्दिर हाम्रो धरोहर हो, यसको संरक्षणमा सबै जुट्नु आवश्यक छ,’ उनले भने । जिल्लाको सदरमुकाम खलंगामा संरचना निर्माण भए पनि यसको उपयोग र संरक्षणमा कसैको चासो नभएको स्थानीयले बताएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय लगायत निकायले बाल मन्दिरको हल छाडेर महँगो भाडा तिरेर होटलमा कार्यक्रम गर्ने गरेका छन्, जसकारण बाल मन्दिरको आम्दानीको स्रोत समेत गुमेको उनीहरूको भनाइ छ । बाल मन्दिरको हलमा बेलाबखत शारदा नगरपालिकाले नगरसभा लगायत कार्यक्रम गर्दै आएको छ । तर बाल मन्दिर स्थानीय तह मातहत नभएकाले यसको मर्मत सम्भारमा नगरपालिकाले काम गर्न नसक्ने शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी बताए । बाल मन्दिरको भवनमा जडान गरिएको विद्युत्, खानेपानीको महशुल भने तिर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।