काठमाडौं । संसद्ले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको छ ।
नेकपा (एमाले)का सांसद विशाल भट्टराईसमेतले दर्ता गरेको अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमाथिको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्कोतर्फबाट कृषिमन्त्री महेन्द्र राय यादवलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
त्यसअघि कृषिमन्त्री यादवले सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । एमाले सांसद भट्टराईसहितले राखेको...