धरानमा एमालेभन्दा स्वतन्त्र उमेदवार अगाडि

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा (एमाले) कमजोर देखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो।पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गढ मानिन्छ। यो पटक भने धरानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार बलिएमा देखिएका छन्। हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाको मतगणना जारी रहेको छ। अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ।ताजा अपडेट अनुसार धरानको मेयर पदमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईले

सम्बन्धित सामग्री

धरानमा स्वतन्त्र उमेदवार हर्कराज राई निर्वाचित

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । स्वतन्त्र उमेदवार हर्कराज राई २० हजार ८२१ मतसहित निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मत अन्तरले पराजित गरे । कांग्रेसका राईले १६ हजार ५९ मत पाए ।  उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम...

धरानमा स्वतन्त्र उमेदवार साम्पाङको अग्रता कायम, कसको पक्षमा कति मत खस्यो ?

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । १९ हजार १५५ मतसहित अग्रता जारी राखेका छन् ।  दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेदवार किशोर राईले १४ हजार ९९५ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् ।...

धरानमा स्वतन्त्र उमेदवार साम्पाङको अग्रता कायम, कसको पक्षमा कति मत ?

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । १६ हजार ८६७ मतसहित अग्रता जारी राखेका छन् ।  दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेदवार किशोर राईले १३ हजार ९९५ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले ११ हजार २८ मत पाएकी छन् ।

धरानमा १० हजार मत गन्न बाँकी, स्वतन्त्र उमेदवार साम्पाङ २८४४ मतले अगाडि

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६,०२६ मत प्राप्त गरेका छन् । पचास हजार बढी  मत गणना गर्दा उनले गठबन्धनका उमेदवार किशोर राईभन्दा २,८४४ मतको अग्रता कायम गरेका छन् । गठबन्धनका राईले १३१८२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)की मञ्जु भण्डारीले १०,६२२ मत प्राप्त गरेकी छन् ।  निर्वाचन अधिकृतको कार्यालयले...

धरानमा स्वतन्त्र उमेदवार फराकिलो अग्रता बनाउँदै

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम गरेका छन् । उनी ९४२ मतले अगाडि छन् । उनले ९ हजार ९५० मत प्राप्त गरेका छन् ।  गठबन्धनका किशोर राईले ९ हजार ८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले ७ हजार ३४८ मत ल्याएकी छिन् ।   उपमेयरमा...

धरानमा स्वतन्त्र उमेदवार राई ३२७ मतले अगाडि

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा ३२ हजार ७३५ मत गणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार हर्कराज राईको अग्रता कायमै छ । उनले ९ हजार ५४६ मत प्राप्त गरेका छन् ।  उनको निकटतम प्रतिष्पर्धी गठबन्धनबाट कांग्रेस उमेदवार किशोर राईले ९ हजार २१९ मत प्राप्त गरे । एमालेका उमेदवार मञ्जु भण्डारी सुवेदीले ९...

धरानमा स्वतन्त्र उमेदवार राई गठबन्धनभन्दा २५६ मतले पछाडि, एमाले तेस्रोमा

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २६ हजार ८६३ मतगणना भइसकेको छ । पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार किशोर राईले सात हजार ७१७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा स्वतन्त्र उमेदवार हर्कराज राई छन् । उनले सात हजार ४६१ मत...

धरानमा ४ वडा जित्दा पनि एमाले पछाडि

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकाको वडा नं. १ देखि ७ सम्मको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।जस अनुसार धरानका ४ वडामा एमालेले अध्यक्ष जितेको छ। का‌ंग्रेसले दुई वडा र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन्।निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार धरानको वडा नं. २, ४, ५ र ७ मा एमालेले अध्यक्ष पद जितेको छ। कांग्रेसले वडा १ र ३ जित्दा स्वतन्त्र उमेदवारले वडा नं. ६ को अध्यक्ष जितेका हुन्।यसरी बहुसंख्यक वडाको अध्यक्ष पद जिते पनि मेयर, उपमेयरमा भने एमाले पछि परेको छ।पछ

धरानमा गठबन्धनका उमेदवार राईको अग्रता कायमै

काठमाडौं । धरान उपमहानगरपालिकामा ७ हजार २०६ मतगणना हुँदा गठबन्धनबाट मेयरका उमेदवार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले २ हजार ५२६ मत प्राप्त गरेका छन् ।  स्वतन्त्र उमेदवार हर्क साम्पाङसँग राईको मतान्तर ७९७  रहेको छ । साम्पाङले १ हजार ७२९ मत प्राप्त गरेका छन् । एमालेबाट मेयर उमेदवार मञ्जु...

धरानमा गठबन्धनलाई पछ्याउँदै स्वतन्त्र उमेदवार साम्पाङ

काठमाडौं । प्रदेश नम्बर १ मा पर्ने सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा मतगणना जारी छ । एक हजार मत गणना हुँदा गठबन्धनको उमेदवार अगाडि छन् । अहिले धरानमा वडा नम्बर १,२ र ३ को मतगणना भइरहेको छ ।  गठबन्धनका तर्फबाट कांग्रेसका किशोर राईले ३ सय ६९ मत प्राप्त गरेका छन् ।  उनको पछि...