काठमाडौं : माघको पहिलो हप्ता सकिँदा पनि उपत्यकाको मौसम खुल्न सकेको छैन। आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। आज दिउँसो देशका विभिन्न स्थानमा वर्षाको सम्भावनासमेत…