काठमाडौं : सरकारले भिजिट भिसाको नाममा चर्काे शुल्क असुली कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारबाही थालेको छ। म्यानपावरमार्फत विभिन्न प्रलोभनमा परी विदेश गएका नेपाली अलपत्र पर्न थालेसँगै सरकारले गैरकानुनी काम गर्ने व्यवसायीलाई कारबाही थालेकाे हाे। लामो समयदेखि म्यानपावर व्यवसायीले भिजिट भिसामा चर्को शुल्क असुली कामदारलाई विदेश पठाइ रहेका छन्। रोजगारीको प्रलोभन देखाई विदेश गएका युवाहरू अलपत्र पर्न थालेसँगै श्रम मन्त्रालयले विषेश चासो देखाएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले