बागमती प्रदेश सरकारले विगत चैतदेखि आफ्ना निर्णयहरु सार्वजनिक गरेको छैन । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको चैतसम्मका निर्णय सार्वजनिक गरे पनि त्यस यताका कुनै पनि निर्णय बाहिर ल्याएको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले प्रदेश सरकारको नेतृत्व गठबन्धनले गरेदेखि केही महिना निरन्तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको थियो । चैत यताको निर्णय भने सार्वजनिक गरेको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुईटेलले सरकार