काठमाडौँ– अमेरिकाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेन र अन्य अमेरिकी साझेदारहरुका लागि थप झण्डै २ अर्ब ७० करोड अमेरिकी डलरको सहयोग घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको रामस्टाइनमा रहेको अमेरिकी हवाई अखडामा यस्तो सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ । यसमध्ये युक्रेनलाई हातहतियारका लागि ६७ करोड ५० लाख डलर प्रदान गरिनेछ । […]