धनुषामा कोरोना महामारीको कारण बन्द रहेको शैक्षिक संस्थालाई खोल्ने निर्णय गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६ कक्षाभन्दा माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसी बाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प