गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने काँग्रेस प्रदेश सभापतिहरुको निष्कर्ष

काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग गरेका हुन् । बैठकले आफूहरुलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुङ्ग्याउन पनि माग गरेको प्रदेश १ का सभापति उद्धव थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री