राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ ।
बिहीवार बसेको केन्द्रीय पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै तहलाई निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्तै बैठकले देशव्यापी प्रशिक्षण र सभा गर्ने निर्णय गरेको छ ।
बैठकले वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन समेत गरेको छ ।
यस्तै केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बस्ने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।