विश्वकपमा आज समुह ए र बि का अन्तिम खेल हुँदै, अर्को चरण पुग्न कसलाई कस्तो नतिजा आवश्यक?

कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज समुह ए र समुह बि का अन्तिम खेल हुँदै छ। जसमा समुह ए का इक्वेडर र सेनेगल एक आपसमा भिड्ने छन् भने नेदरल्याण्ड र कतार एक आपसमा प्रतिस्पर्धा गर्ने छन् । दुवै खेल नेपाली समय अनुसार रातको ८:४५ मा सुरु हुने छ । २ खेल खेलीसक्दा नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ भने सेनेगलको ३ अंक छ। कतारले अंक जोडेको छैन । नेदरल्याण्डलाई अर्को चरण पुग्नको लागि जित वा बराबरी आवश्यक पर्दछ । तर इक्वेडरले सेनेगललाई हराएमा आफ्नो खेल हारेपनि नेदरल्याण्ड अर्को चरणमा पुग्ने छ ।इक्वेडरलाई अर्को चरणमा पुग्नको लागि जित वा बराबरी आवश्यक पर्छ । तर कतारले नेदरल्याण्डलाई हराएमा आफ्नो खेल हारे पनि इक्वेडर अर्को चरणमा पुग्न सक्ने सम्भावना कायम रहन्छ। यसो हुँदा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुन्छ । सेनेगललाई अर्को चरण पुग्न जितको आवश्यकता पर्दछ । तर सेनेगलले बराबरी खेलेपनि र कतारले नेदरल्याण्डलाई हराएमा सेनेगलको अर्को चरण पुग्ने सम्भावना कायम रहन्छ । यसो हुँदा गोल डिफरेन्सको आधारमा अर्को चरण पुग्ने टोली निर्धारण हुन्छ । कतारको भने अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।त्यस्तै समुह बि मा आज वेल्स र इंग्ल्यान्ड तथा इरान र अमेरिका भिड्ने छन् । यो खेल रातको १२:४५ बजे हुनेछ । २ खेल खेलीसक्दा इंग्ल्यान्डको ४, इरानको ३ , अमेरिकाको २ र वेल्सको १ अंक रहेको छ ।इंग्ल्यान्डलाई अर्को चरण पुग्न जित वा बराबरी आवश्यक पर्छ । आफ्नो खेल हारे पनि गोल डिफरेन्सको आधारमा इंग्ल्यान्ड अर्को चरण पुग्न सक्छ।अर्को चरण पुग्ने सम्भावना कायम राख्न वेल्सले आजको खेल जित्नै पर्छ र अन्य खेलको नतिजा आफु अनुकुल आउनु पर्छ। जितले मात्र वेल्सको अर्को चरण पुग्ने ग्यारेन्टी भने हुदैन ।इरानले अमेरिकालाई हराएमा इरान अर्को चरण पुग्ने छ । इरानले बराबरी खेलेपनि अर्को चरण पुग्न सक्छ, तर त्यसको लागि वेल्सले हार्नु पर्ने छ । र गोल डिफरेन्सको आधारमा अर्को चरणमा पुग्ने टोली चयन हुने छ ।अमेरिकाको हकमा भने अर्को चरण पुग्न आजको खेल जित्नै पर्छ । बराबरी खेलेमा वा आजको खेल हारेमा अमेरिका छनौट हुन सक्ने छैन ।यो पनि : जर्मनी र अष्ट्रियाका कारण आजदेखि विश्वकपका २ खेल एकै समयमा

सम्बन्धित सामग्री

द एसेजको अन्तिम खेल रोचक मोडमा

एजेन्सी – बलियो विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेपछि इंग्ल्यान्डसँगको प्रतिष्ठित द एसेज सिरिजको पाँचौं तथा अन्तिम खेल रोचक मोडमा पुगेको छ । जितको लागि ३ सय ८४ रनको बलियो विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले चौथो दिनको खेल सकिँदा कुनै विकेट नगुमाई १ सय ३५ रन बनाएको छ । वर्षाको कारण अन्तिम ससेन चौथो दिन […] The post द एसेजको अन्तिम खेल रोचक मोडमा first appeared on Hamro Khelkud.

कुशलले युएई सिरिजको अन्तिम खेल गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेल गुमाउने भएका छन्। सोमबार हुने युएई सिरिजको अन्तिम खेलमा घरेलु टोलीसँग अन्तिम खेल खेल्दै छ। भुर्तेल ‘ग्रोइन इन्जुरी’ का कारण अन्तिम खेल गुमाउन लागेको क्यानले जनाएको छ। युएईमा ओपनिङ गरिरहेका भुर्तेलको स्थानमा सन्दिप जोरालाई अन्तिम १४ मा राखिएको क्यानले […]

मेसी भन्छन् – विश्वकपमा मेरो अन्तिम खेल आइतबार

२८ मंसिर, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले विश्वकपका आफ्नो अन्तिम खेल आउने आइतबार हुने बताएका छन् । कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिनाले आइतबार फ्रान्स वा मोरक्कोसँग फाइनल खेल्नेछ । मेसीले त्यही फाइनल विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताए । मेसीको प्रेरणादायी प्रदर्नशमा अर्जेन्टिनाले मंगलबारको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । १९८६ पछि […]

पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने

बार्सिलोनाका लिजेन्ड डिफेन्डर जेराड पिकेले शनिबार बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने भएका छन्। बार्सिलोनामा रहँदा ३० भन्दा बढी उपाधि जितेका पिकेले व्यावसायिक फुटबलबाट पनि सन्न्यास घोषणा गरेका छन्।उनले आफ्नो अन्तिम खेल शनिबार राति नउ क्याम्पमा अलमेरियाविरुद्धको खेल हुने बताएका छन्।३५ वर्षीय स्पेनिस पिकेले फुटबलको सिकाइ बार्सिलोनाबाटै गरेका थिए तर उनले आफ्नो सिनियर करिअरको शुरुवात भने इङलिस क्लब म्यानचेस्टर युनाइटेडबाट गरेका थिए। सन्न्यास घोषणा गर्दै पिकेले भने‚ 'मैले सधैँ भन्दै आएको छु

केन्या र नेपालबिच आज अन्तिम खेल हुँदै

काठमाडौँ । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ । नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल र केन्याको खेल नैरोवीस्थित […]

मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने

सहिद स्मारक ए डिभिजन लिग–२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् ।  शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १(० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुललले पह

ए डिभिजन लिगको अन्तिम  खेल १४ फागुनमा

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम खेल १४ फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगमा बाँकी रहेको चार चरण खेल सार्वजनिक गरेको हो । दशरथ...

'फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ'

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।नेपालले फाइनलसम्मको यात्रा गरेकोमा आफू खुसी रहेको बताउँदै उनले पछिल्ला तीन दिन निकै तनावमा गुजारेको पनि खुलासा गरे । ‘पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने । नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नब

मेस्सीले सिजनको अन्तिम खेल नखेल्ने

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ । तर, बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो । बार्सिलोनाले आइतबार हुने अन्तिम खेल नखेल्ने पुष्टि गरेको छ । मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताइएको छ । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ । मेस्सी शुक्रबार टिमको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् । बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिर...