पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) आफैंले सेयर ब्रोकर छान्न पाउने प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकृत गरेको छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको आरोपमा सरकारले सेबोनका पूर्वअध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेपछि नियमावली संशोधनमा पनि उनको नियत रहेको भन्दै फिर्ता पठाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।