काभ्रेपलान्चोक । जिल्लाका दुई ठुला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ । परीक्षणबाट दुई नगरपालिकाको खानेपानीमा पानीजन्य रोगको जोखिम पुष्टि भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेडाइँंले बताए । उनका अनुसार धुलिखेलमा धुलिखेल खानेपानी आयोजनाद्वारा वितरण भइरहेको तथा […]