पोखरा।अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ। गएराति साढे ८ बजे खहरे खोलाले बगाएकी ४० वर्षीया लिलादेवी परियारको शव २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए।केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ। जिल्लाका सेती,मार्दी,मादी,सार्दी,विजयपुर,हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।