काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। मंगलबार अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु (स्पर्श गर्ने) हुने नेपाल पञ्चांग निर्णायक विकास समितिबाट अनुमति पाई प्रकाशित पात्रोमा उल्लेख छ। साँझ ५ बजेर २४ मिनेटमा सकिने (मोक्ष हुने) छ। खगोलविद् डा.जयन्त आचार्यका अनुसार ग्रहण ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ। खगोलविद् आचार्यका अनुसार सूर्य नांगो आँखाले हेर्न हुँदैन। विशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ। विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइना