दाङ - दाङका दश वटै पालिकाका सबै वडामा कम्तीमा एक स्वास्थ्य इकाई स्थापना भएका छन् ।
स्थानीय सरकारकाे गठनपछि नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वास्थ्य इकाई स्थापना गरिएकाे हाे । यद्यपि, आवश्यक भाैतिक पूर्वाधारको कमी, कर्मचारीमा आवश्यक तालिमको अभाव लगायतका कारण स्वास्थ्य इकाईबाट प्रदान हुने सेवा गुणस्तरीय हुन सकेकाे छैन ।
दाङमा रहेका एक सय वडामा अहिले १ सय १८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । स्थानीय सरकार गठन हुनु अघिसम्म दाङमा ४० वटा मात्रै सरकारी स्वास्थ्य...