एल.जीले आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ मोटर (एआई डीडी) भएको वाशिङ मसिन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
अत्याधुनिक प्रविधियुक्त यस मसिनले कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउने र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउने एलजीको दावी छ ।
यस मसिनले बिग डाटा विथ लर्निङ उपयोग गरेर कपडाहरू अत्याधुनिक तरिकाले धुन्छ ।
यस वासिङ मसिनमा स्टिम प्लस प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्ने कम्पनीको द...