काठमाडौँ- सरकारले ‘अबको जीवन स्वदेशमै’ भन्ने नारा लागू गर्दै विदेशमा रहेका युवाहरुलाई स्वदेशमै राख्ने नीति ल्याएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै युवाहरुलाई स्वदेशमै आर्थिक गतिविधिमा केन्द्रित गर्ने गरी कार्यक्रम ल्याएका हुन्। उनले लघुबित्तलगायतका कार्यक्रममा युवाहरुलाई संलग्न गराई स्वदेशमै बस्ने वातावरण तयार गर्ने बताएका हुन्।