चितवन : चितवनको सौराहामा प्रतिपक्षी दल नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशनमा बन्दसत्र अझै शुरु भएको छैन।एमाले अध्यक्ष केपी शर्मा ओली अझै पदाधिकारी तथा केन्द्रीय समितिको नामावली तयार पार्न छलफल गरिरहेकाले बन्दसत्र शुरु हुन नसकेको हो।अध्यक्ष ओली १२ घन्टादेखि नामको अन्तिम सूची तयार पार्न रिसोर्टको एउटा कोठामा छलफलमा व्यस्त रहेका छन्।केहीबेरअघि मात्र उपमहासचिव विष्णु पौडेलले ओलीको कोठाबाट तल झरेर नामको सूची फेरि प्रिन्ट गरेर लगेका छन्।तर उनले प्रिन्ट गरेर लगेको नामावलीमा पार्टीको ओलीको नाममा