यसपालि मनसुन सुरु हुनेबित्तिकै ठूलो पानी परेको छ । अहिले ठूलो पानीकै कारण बाढी पहिरो पनि आयो । यसरी मनसुनको सुरुमै बाढी पहिरो आउने गरी पानी पर्नु अस्वाभाविक हो । पहिले मनसुन बिस्तारै सुरु हुन्थ्यो । कहिलेकाहीँ ढिलो मनसुन आउँदा रोपाइँ गर्नै पाइएन भन्ने पनि चिन्ता हुन्थ्यो ।
अहिले मेलम्चीमा जुन लेदो प्रकारको बाढी आएको छ, त्यो सामान्य बाढीभन्दा एकदमै फरक छ । मेलम्चीको अहिलेको अवस्था फरक छ । मेलम्चीको माथिल्लो जलाधार क्षेत्र भनेको हिमाली क्षेत्र हो । त्यहाँ हिउँ पर्दा जम्मा भएका, थिग्रिएका वस्तुहरु एकैपटक ठूलो ...