मौसममा भएको परिवर्तनसँगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुधन अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् । विगत पाँच÷सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा.अरविन्द्रकुमार यादवले जानकारी दिए ।उनले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०/७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा