अल–अक्सा मस्जिदमा प्यालेस्टिनी र इजरायली भिडन्त

एजेन्सी। शुक्रबार राति प्यालेस्टिनी श्रद्धालु र इजरायली प्रहरीबीच मस्जिद परिसरमा भिडन्त भएको छ। भिडन्तमा थुप्रै मानिस घाइते भएको बताइएको छ। झडप भएको अल–अक्सा मस्जिद मुसलमान र यहुदीहरुको पवित्र धार्मिक स्थल हो। जेरुसलेममा अहिले हिंसा निकै बढेको छ। मस्जिद परिसरमा भएको पछिल्लो झडममा१३६ जना घाइते भएको र तीमध्ये ८३ जनाको अवस्था गम्भीर रहेको प्यालेस्टिनी रेड क्रिसेन्ट आपत्कालीन सेवाले बताएको छ।

सम्बन्धित सामग्री

प्यालेस्टिनी शरणार्थी लिन इजिप्टको आनाकानी किन ?

इजरायली बमबारी एवं जमिनी हमलाका कारण करिब १५ लाख प्यालेस्टिनी गाजाको दक्षिणी सहर रफाहमा खाँदिएका छन् । दुई लाख ५० हजार जनसंख्या भएको रफाहमा अहिले प्यालेस्टाइनको आधा जनसंख्याले बसोवास गरिरहेका छन् ।...

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह

रामल्लाह– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।    प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् ।  अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत […]

इजरायली सेनाद्वारा गाजा पट्टीबाट ११४ प्यालेस्टिनी रिहा

प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले जनाएको छ।  बिहीबार गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए...

इजरायली कारबाहीमा प्यालेस्टिनी जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

एजेन्सी – इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ । इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको […]

सैनिक कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिए

इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् । विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ । आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि  ३० वर्ष

झडपमा इजरायली सैनिक र २ प्यालेस्टिनीको मृत्यु

इजरायलको कब्जामा रहेको वेस्ट बैंकस्थित एउटा प्रहरी जाँच चौकीनजिकै बुधबार राति भएको झडपमा एकजना इजरायली सैनिक र दुईजना प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टिनी आतंककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकीनजिकै दुई युवा शहीद भएको जनाएको छ।

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म ह

इजरायलको आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुसहित २४ जनाको मृत्यु

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा गाजामा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली सेनाले प्यालेस्टिनी सशस्त्र समूह इस्लामिक जिहाद पीआईजे का लडाकुहरूलाई निशाना बनाएको छ। मृत्यु हुनेमा पीआईजे नेता तैसिर जबरी सहित ६ जना बालबालिका र धेरै लडाकु रहेका छन् । यसैबीच, इजरायली अधिकारीका अनुसार आक्रमणको जवाफमा शुक्रबारदेखि इजरायलमा करिब ३०० रकेट र मोर्टार […]

इजरायली सेनाद्वारा गोली हानी एक प्यालेस्टिनी युवकको हत्या

एजेन्सी। इजरायली सेनाले गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या गरेका छन्। नब्लस सहरमा इजरायली सेनाले चलाइको गोलीबाट मोहम्मद फरिद हसनको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। हसन आफ्नो घरको छतमा रहेका बेला गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन्। इजरायली सेनाले भने सैनिकमाथि संदिग्ध विस्फोट पदार्थ फालेपछि गोली प्रहार भएको दाबी गरेको छ।

जेरुसेलमको अल अक्सामा प्यालेस्टिनी र इजरायली प्रहरीबीच लगातार झडप

विवादित जेरुसेलमको अल अक्सा मस्जिद क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच लगातार झडप भइरहेको छ। झडप क्रममा गएराति पनि दर्जनौं मानिसहरू घाइते भएका छन्।प्यालेस्टिनी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पुरानो शहरको दमस्कस गेटमा आगो लगाइदिएका छन्। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि स्टेन ग्रिनेड र पानीको फोहोरा प्रहार गरेको छ।प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार पछिल्लो हिंसामा कम्तिमा ८० जना घाइते भएका र गम्भीर अवस्थामा पुगेका १४ जनालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ। आफ्ना एक जव