रुकुम पूर्व : पुथा उत्तरगंगा गाउँपालिकामा अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१४ पोबाङमा एक नाले भरुवा बन्दुकसहित चन्द्रबहादुर कामी पक्राउ परेका हुन्। कामीलाई मंगलबार सिद्धमण्डली मावि राङ्सीको मतदान केन्द्रको नजिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए।उनलाई जिल्ला प्रहरीका कार्यालय रुकुमकोट ल्याइएको प्रहरीले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।