भरुवा बन्दुकसहित सुर्खेतमा एकजना पक्राउ

२३ साउन, सुर्खेत । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले सुर्खेतका एकजनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाका ४२ वर्षीय केशव घर्तिलाई पक्राउ गरेको हो । उनको साथबाट मंगलबार दुईवटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रहरीका अनुसार थप अनुसन्धान गर्दै […]

सम्बन्धित सामग्री

भरुवा बन्दुकसहित एकजना पक्राउ

अर्घाखाँची– भूमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय विष्णु कुँवरलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।  विष्णु कुँवरले आफ्नै बुबालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बारुद र बन्दुकसहित एकजना पक्राउ

बैतडी : बारुद र भरुवा बन्दुकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाँउपालिका–१ रिमका ४५ वर्षीय विष्णुसिंह साउद रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।सोही गाउँपालिका–२ मल्लाढिकबाट पक्राउ परेका साउदको साथबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुद पनि बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरिएको जनाएको छ।पक्राउ परे

हतियारसहित एकजना पक्राउ

धनकुटा– चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित प्रहरीले पक्राउ गरेको छ ।  रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै बिक स्वयंले खबर गर्नासाथ इलाका प्रहरी कार्यालय […]

लमजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ

लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९  साल्मे बस्ने बर्ष २७ का यमबहादुर रानामगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । पक्राउ

भरुवा बन्दुकसहित एकजना पक्राउ

प्रहरीले दाङको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ घर भएका ४२ वर्षीय रामबहादुर चौधरी छन् ।आरोपीको साथबाट करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिबार साँझ पक्राउ गरेर आरोपीमाथि इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ ।

गोरखामा भरुवा बन्दुक राखेको आरोपमा एकजना पक्राउ

१६ चैत्र, गोरखा । प्रहरीले अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–५ मुच्चोकटारका अर्जुन पाण्डे पक्राउ परेका छन् । पाण्डेको घरमा अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक भेटिएपछि उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि हातहतियार तथा खरखजना शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक […]

भरुवा बन्दुकसहित एकजना पक्राउ

दैलेख : दैलेख प्रहरीले एकजनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा यहाँको नौमूले गाउँपालिका–१ धनीगाउँका २७ वर्षीय नवीन शाही रहेका छन्।शाहीले अवैधरूपमा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा लुकाइराखेको एकनाले भरुवा बन्दुक बरामद गरी उनलाई पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।पक्राउ परेका शाहीलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एकनाले भरुवा बन्दुक सहित पक्राउ

धनकुटा, ५ मंसिर । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटे बस्ने २४ वर्षीय राजन लिम्बुलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी छथरजोरपाटी बजारबाट खटिएको प्रहरीले राजनले गाईगोठमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ […]

एकनाले भरुवा बन्दुक सहित पक्राउ

पाँचथर, ३ असार । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । फिदिम नगरपालिका ९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । उक्त भरुवा बन्दुक लोड गरी लिई सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी नवमिडाँडाबाट खटिएको प्रहरीले फेला पारी […]