कञ्चनपुर : भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि २ करोड ५० लाख रुपैयाँ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ।नगरपालिकाले गतवर्ष १ करोड रकम प्राधिकरणलाई उपलब्ध गराएको थियो। अहिले पठाएको अढाई करोड गरी भीमदत्तले हालसम्म नगरपालिकाले साझेदारीका लागि प्रतिबद्धता गरेको रकममध्ये ३ करोड ५० लाख रकम प्राधिकरणलाई बुझाएको छ।भीमदत्तले विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १५ प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता गरेको थियो। भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले वि