एशियन लाइफ इन्स्योरेन्सको २५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

वैशाख १४, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ ।  कम्पनीले संस्थापकतर्फको यस अघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गरेको हो ।  १० प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटेसँगै अब कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।  शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीको २०७८ साल साउन ३१ गते सम्पन्न १२ औं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रहेको छ ।  

सम्बन्धित सामग्री

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत एक करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, […]

एशियन लाइफले ८.५ प्रतिशत बोनस सेयर दिने

३० फागुन, काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० फागुन मंगलबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ०७५ रुपैयाँको ८.५ प्रतिशत बोनस सेयर […]

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं, ११ माघ । नेप्सेमा मंगलबार ५ अंकको गिरावट आउँदा ५ अर्ब बढीको कारोबार भएको छ । शेयरबजारमा मंगलबार सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, कम्पनीको शेयर मुल्य १३ सय २२ रुपैयाँ कायम भएको छ । यसैगरी, […]

एशियन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारीको माग

काठमाडौं, २८ कात्तिक । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरको लागि ५ जना कर्मचारीको माग गरेको छ । उपत्यका भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीमा आवेदन दिनको लागि स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । मंसिर ४ […]

एशियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सको साधारण सभा आइतवार

साउन २९, काठमाडौं । आइतवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । एशियन लाइफ इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सले साधारण सभा गर्न लागेको हुन् ।  एशियन लाइफ इन्स्योरेन्सले आइतवार होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजे सभा गर्ने जानकारी गराएको छ । सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०:३० अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा १ (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ र संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र एक जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १७ गते बन्द भएको छ । साउन १३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।  त्यसैगरी, यूनाइटेड इन्स्योरेन्स सभा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुरूवात

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुको चाहना र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् । समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ […]