मर्स्याङ्दी जलविद्युत्काे उत्पादन पूर्ण क्षमतामा

तनहुँ : तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो।यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए। उनका अनुसार तीन युनिटबाट २३ र २३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।'यो केन्द्रमा धेरै बाढ

सम्बन्धित सामग्री

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट

आँबुखैरेनी गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा आइतबाटबाट मोटरबोट सञ्चालनमा ल्याएको छ । पृथ्वीरामार्गको छेवैमा पर्ने उक्त जलाशयमा मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले व्यवसायिक रुपमा मोटरबोट सञ्चालन गरेको हो ।

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा सञ्चालित मोटरबोटको उद्घाटन

गण्डकी प्रदेश सरकारका मन्त्री हरिबहादुर चुमानले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा सञ्चालनमा ल्याएको मोटरबोटको उद्घाटन गर्नुभएको छ ।

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिका-२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ ।  ‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको […]

मर्स्याङ्दी जलविद्युतका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेका जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिका जग्गा स्थायी रूपले प्राप्त गर्न मुआब्जा निर्धारण गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ जना […]

१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र

लमजुङ – हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो । मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण […]

मनाङमा १३५ मेगावटको जलविद्युत् आयोजनाको निर्माण सुरु

२५ पुस, मनाङ । हिमाली जिल्ला मनाङमा १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । दुई वर्ष अघिदेखि निर्माण सुरुआत गर्नुपर्ने योजना आइतबारदेखि मात्रै निर्माणको काम थालिएको हो । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सुरुवात गरिएको हो । प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङको उपस्थितिमा आयोजनाको निर्माण […]

मर्स्याङ्दी जलविद्युत केन्द्रमा विद्युत् उत्पादन वृद्धि

काठमाडाैँ- अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ। नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हाे। सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो। हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए। केन्द्रका तीन युनिटबाट २३-२३ […]

मर्स्याङ्दी ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा

२६ जेठ, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको ड्यामले बस्ती डुबान र कटान गर्दै जाँदा त्यस क्षेत्रका बासिन्दाको उठिबास हुने अवस्था सिर्जना भएको हो । ड्यामले ऐलानी जग्गा मिच्दै आएर अहिले व्यक्तिका जग्गासमेत कटान गर्दा […]

मर्स्याङ्दी जलविद्युत आयोजनाको उत्पादन घट्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । चिसो बढेपछि हिउँ नपग्लिएको र सुख्या मौसम भएकाले वर्षा नहुँदा नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रका प्रमुख बद्री फूयाँलले जानकारी दिनुभयो ।

मर्स्याङ्दी जलविद्युत केन्द्रको बढ्याे उत्पादन

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन वृद्धि भएको छ । अविरल वर्षा तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएकाले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ ।