पर्यटन काज कार्यविधि मस्यौदामै सीमित

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गरी कोरोना प्रभावित पर्यटनलाई सहयोग गर्न सरकारले घोषणा गरेको ‘१० दिनको पर्यटन काज’ उपलब्ध गराउने कार्यविधि मस्यौदामै सीमित भएको छ । कार्यविधि मस्यौदा गत असोजमै तयार भए पनि हालसम्म स्वीकृत हुन सकेको छैन भने तालुक मन्त्रालयले राय संकलन गर्न शुरू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त मस्यौदामाथि अन्य मन्त्रालयहरूको राय संकलन गर्नसमेत ढिलाइ गरेको छ । मस्यौदा तयार भएको महीना दिनपछि मन्त्रालयले अघिल्लो सातादेखि मात्रै सबै मन्त्रालयहरूसँग राय सुझाव माग्न शुरू गरेको हो । अहिले केही मन्त्रालयले मात्रै कार्यविधिको मस्यौदामा राय सुझाव दिएका छन् । मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेलले बाँकी मन्त्रालयहरूबाट पनि रायसुझाव आएपछि मन्त्रालयले स्वीकृत गरेसँगै मन्त्रिपरिषद्मा कार्यविधिको परिमार्जित मस्यौदा पेश गरिने जानकारी दिए । मन्त्रालयले निश्चित अवधि नतोकेको हुँदा अन्य मन्त्रालयहरूले कहिलेसम्म राय दिइसक्छन् भन्ने यकिन छैन । तर, रायसुझाव छिटै संकलन हुने र पुससम्ममा कार्यविधि पारित भई लागू हुन सक्ने दाबी उनले गरे । सरकारले गत जेठ १५ गतेको बजेट भाषणमा यो कार्यक्रम घोषणा गरेको थियो । सरकारले घोषणा गरेको ६ महीना र चालू आर्थिक वर्षको ५ महीना हुँदासम्म कार्यविधि तयार भएको छैन । कोरोना भाइरसबाट अधिक प्रभावित पर्यटन क्षेत्रलाई राहत तथा पुनरुत्थान गर्न निजामती तथा अन्य सरकारी संस्थानका कर्मचारीहरूलाई १० दिने पर्यटन काज उपलब्ध गराउने योजना कार्यान्वयन नहुँदा पर्यटन व्यवसायीहरू भने निराश देखिएका छन् । सरकारले ल्याएको कार्यक्रमले उत्साहित भएका पर्यटन व्यवसायीहरूले सोहीअनुसारका आकर्षक प्याकेजहरू बनाएका थिए । तर, त्यो प्याकेज काम नआएको व्यवसायीहरू बताउँछन् । होटेल व्यवसायीहरूले एयरलाइन्स कम्पनीहरूसँग सहकार्य गरेर प्याकेज बनाएको भए पनि कार्यविधि नै नबनी यो कार्यक्रम कार्यान्वयनमा नआउँदा निरास भएको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘अहिलेसम्म कार्यविधि बनेको छैन । त्यसैले यो कार्यक्रमको सार्थकता नै भएन,’ शाहले भने, ‘५ महीना बित्दासमेत कार्यान्वयन नहुँदा पर्यटन उत्थानमै धक्का लागेको छ ।’ अहिले विदेशी पर्यटक नआउने भएकाले आन्तरिक पर्यटक चाहिएको हो भन्दै उनले अहिले पनि साप्ताहिक बिदा तथा अन्य समयमा आन्तरिक पर्यटकबाट भरथेग भएको बताए । सरकारले घोषणा गरेपछि लागू हुन्छ भनेर घर गएका कर्मचारीहरूलाई पनि बोलाएको भन्दै शाहले अहिलेसम्म सरकारले कार्यक्रम शुरू नगरेपछि अघि बढ्ने सम्भावना नभएको बताए । यो कार्यक्रम लागू हुन ढिला भइसकेको उनको भनाइ छ । टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी कोभिडसँगै थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले योजनामा मात्रै प्राथमिकता दिएको तर कार्यान्वयनमा भने गम्भिरता नदेखाएको गुनासो गरे । ट्रेकिङ व्यवसायमा उल्लेख्य सुधार नदेखिए पनि पछिल्लो समय विस्तारै सुधारोन्मुख देखिएको भन्दै उनले भने, ‘सरकारले ल्याएको यो योजना कार्यान्वयनमा आएको भए थप सुधार हुने निश्चित थियो । ट्रेकिङ व्यवसायीहरूले यसैलाई लक्षित गरेर बनाएका प्याकेज तथा योजनाहरू खेर गए ।’ कार्यविधिको मस्यौदामा कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने व्यवस्था गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम र यातायात खर्चबापत रू. २ हजार पनि उपलब्ध गराउने प्रस्ताव गरिएको छ । बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीहरूलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ,’ भनी उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

कर्मचारीलाई ५ दिने पर्यटन बिदा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज दिने भएको छ । प्रदेश सरकारले कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन), (पहिलो संशोधन) कार्यविधि २०७८ जारी गर्दै काज बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी कार्यविधि अनुसार चालु आर्थिक वर्ष २०७९÷८० (१ साउन)देखि प्रारम्भ […]

लुम्बिनी प्रदेशले कर्मचारीलाई ५ दिने पर्यटन बिदा दिने, यस्तो बन्यो कार्यविधि

लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज बिदा दिने भएको छ ।

निजामती कर्मचारीलाई ‘पर्यटन काज बिदा’ घोषणामै सीमित !

१८ फागुन, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम घोषणामै सीमित हुने देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर कार्यविधि अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छैन । अर्थ मन्त्रालय यतिबेला बजेट भन्दा बाहिरबाट माग […]

अर्थ मन्त्रालयमै अड्कियो पर्यटन बिदासम्बन्धी कार्यविधि

१२ पुस, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को घोषणा कार्यान्वयनमा लैजाने समय लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारि अर्थ मन्त्रालयमा पठाएको थियो । तर कार्यविधि अर्थमन्त्रालयमै अड्किएको छ । मन्त्रालयले कार्यविधि अध्ययनकै चरणमा रहेको भन्दै कुनै राय पठाइसकेको छैन । […]

पर्यटन काज बिदा लागू गर्न होटल संघको माग

होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा तत्काला लागू गर्न माग गरेको छ ।संघले सरकारले यसअघि घोषणा गरेको पर्यटन काज बिदाका लागि तत्काल कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन । कोभिड–१९ बाट अतिप्रभावित […]

पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

काठमाडौं । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि काज बिदा अविलम्ब कार्यान्वयनमा ल्याउन हानले माग गरेको हो । हानले काज बिदाको कार्यविधि पनि तुरुन्त पारित गर्न माग गरेको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा हानकी अध्यक्ष सिर्जना राणाले पर्यटन तथा होटेल उद्योगको पुनरुत्थानका लागि विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । सो अवसरमा आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले यसमा विभागले विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । यसैगरी वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटेलहरूलाई संक्षिप्त वातावरणीय अध्ययन गर्न बाध्यकारी व्यवस्था गरिएको भन्दै यस्तो नियम लागू नगर्न पनि हानले माग गरेको छ । यो ऐन पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटेलहरूलाई सान्दर्भिक नदेखिएकाले बाध्यकारी नबनाउन हानले विभागसमक्ष माग राखेको हो । यसैगरी पर्यटन उद्योगको सहजताका लागि दर्ता कर, शुल्क, नवीकरण आदि काम पर्यटन विभागमार्फत गर्न पनि माग गरिएको छ । यसले दिगो पर्यटनलाई टेवा मिल्ने हानको विश्वास छ । पर्यटन तथा होटेल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानून तथा निर्देशिकाहरू सरोकारवाला निकायहरूसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुने पनि हानको सुझाव छ । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरू पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने, आधिकारिक सूचनाहरू पर्यटन विभागको वेबसाइटमा राखिनुपर्ने, तथ्यांकहरू आदानप्रदानमा सहज हुने विषयमा पनि हानले विभागको ध्यानाकर्षण गराएको छ ।

पर्यटन काज बिदा कार्यान्वयनमा ल्याउन होटल व्यवसायीको माग

२६ मंसिर, काठमाडौं । होटल व्यवसायीहरुले सरकारले बजेटमा घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यान्वयनमा जोड दिएका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको छलफलमा होटल संघ नेपाल (हान)ले सरकारको घोषणालाई कार्यान्वयन गर्न पर्यटन काज बिदा कार्यविधि पारित गरी अबिलम्ब कार्यान्वयनमा लैजान माग गरिएको छ । सो अवसरमा होटेल व्यवसायीले वातावरण संरक्षण ऐन अनुसार […]

पर्यटन काज कार्यविधि मस्यौदामै सीमित

काठमाडौं, मंसिर २४। आन्तरिक पर्यटन प्रवर्द्धन गरी कोरोना प्रभावित पर्यटनलाई सहयोग गर्न सरकारले घोषणा गरेको ‘१० दिनको पर्यटन काज’ उपलब्ध गराउने कार्यविधि मस्यौदामै सीमित भएको छ । कार्यविधि मस्यौदा गत असोजमै तयार भए पनि हालसम्म स्वीकृत हुन सकेको छैन भने तालुक मन्त्रालयले राय संकलन गर्न शुरू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]

अर्थमा पुगेर रोकियो कर्मचारीलाई दिइने पर्यटन काज कार्यविधि

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि कर्मचारीलाई १० दिनको पर्यटन काज दिने तयारी गरे पनि अर्थ मन्त्रालयले स्वीकृति नदिदाँ रोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो सम्बन्धी कार्यविधि तयारी गरी रायका लागि अर्थ मन्त्रालयल पठाए पनि फाइल मन्त्रालयमै रोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

कर्मचारीलाई पर्यटन बिदा : कार्यविधि तयार, बजेटको छैन टुंगो

४ असोज, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी अघिल्लो सरकारको कार्यक्रम कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर, छुट्टै बजेटको स्रोत नभएको यो कार्यक्रमलाई रकमको जोहो कसरी हुन्छ भन्ने टुंगो भने अहिलेसम्म लागेको छैन । ‘मन्त्रालयको तर्फबाट कार्यविधि बनाएर हामी यतिबेला विभिन्न निकायको राय […]