प्रदेश १ मा काँग्रेस अधिवेशन : १ हजार ७ सय ५३ मत खस्यो

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको छ । १४ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार दिउँसो मतदान भएको थियो । मतदानमा एक हजार सात सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।  प्रदेश १ मा एक हजार आठ सय पाँच जना मतदाता थिए । मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने थापाले जानकारी दिए ।प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन्

सम्बन्धित सामग्री

काँग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ ।  ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्...

काँग्रेस अधिवेशन : अझै सुरु भएन प्रदेश १ को मतगणना

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु भएको छैन । काँग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि सुरु गर्ने उनले बताए । प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा  र इतर समूहका गुरुराज घिमिरे

काँग्रेस अधिवेशन : प्रदेश १ मा पनि सुरु भयो मतदान

मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ।मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले बताए ।निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।

२० जिल्लामा काँग्रेस अधिवेशन अनिश्चित, एक हजार ७५० प्रतिनिधि चयनमा अवरोध

नेपाली काँग्रेसको स्थानीय अधिवेशन केही जिल्लामा प्रभावित हुने भएको छ । भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २४ गतेसम्म २० जिल्लामा अधिवेशनबारे अन्यौल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।यस्तै बागमती प्रदेशको काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कै