काठमाडौं । ३४ वर्षपछि पाटनमा ऐतिहासिक महालक्ष्मी जात्रा भएको छ । ललितपुरको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो । कायगुननी मंका खलःको आयोजनामा ललितपुर महानगरपालिकाको सहयोगमा विभिन्न संघ संस्था रहेको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदल गठन गरि महालक्ष्मी जात्रा पुनः संचालन गरेको हो । खट जात्रा महालक्ष्मी मन्दिरबाट […]
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।
काठमाडौंको बलम्बुमा हरेक वर्ष आयोजना हुने महालक्ष्मी जात्रा आज सम्पन्न भएको छ । बलम्बु महालक्ष्मी जात्रा गुठीद्वारा आयोजित तीन दिवसीय जात्रामा विधिपूर्वक महालक्ष्मी, गणेश र कुमारको पूजागरी सम्पन्न भएको जात्राका द्वारे पूर्णबहादुर महर्जनले बताउनुभयो ।
काठमाडौं: थानकोट नजिकै बलम्बुमा हरेक वर्ष कार्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि धुमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दूरे जात्रा गरिने यो पर्वमा बलम्बुवासी विशेष गरेर नेवारी समुदायले यो जात्रा धुमधामसँग मनाउने गर्दछन्।
न्हूदया (नेवारी नववर्ष) पछिको का...
हरेक वर्षको कात्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा यो वर्ष पनि थानकोट नजिकै बलम्बुमा धूमधामका साथ मनाइयो। कुमारी, महालक्ष्मी तथा गणेशको मूर्ति खटमा राखेर सिन्दुरे जात्रा गरिने यो पर्व नेवारहरूको नयाँ वर्षपछि सबैभन्दा पहिले मनाइने जात्राको रूपमा लिइन्छ। जात्रामा स्थानीयले बाजा गाजासहित बलम्बुको महालक्ष्मी मन्दिरमा विधिपूर्वक पूजा गरेर सहर परिक्रमा गराइन्छ। पूजा गर्दा समाजमा…